पल र आँचल बने बेस्ट जोडी, विहे नहुँदै बधाई पाउँदा लजाए ! (भिडियो)



१३ जेठ २०७६, काठमाडौँ

आँचल शर्मा र पल शाह नेपालका चर्चित नायक नायिका हुन् । यी दुईले एकसाथ केही चलचित्र र थुप्रै म्यूजिक भिडियोमा काम गरिसकेका छन् । पल र आँचलको जोडीलाई दर्शकले निकै रुचाउने गरेका छन् । यी दुईलाई सबैले आँप जोडी भनेर चिन्ने गरेका छन् ।

पल र आँचललाई सबैले प्रेम जोडी भनेपनि यी दुईले अहिलेसम्म यो कुरालाई स्वीकार भने गरेका छैनन् । आँचल र पलले केहीदिन अघिमात्र राजधानीमा सम्पन्न म्यूजिक भिडियोको अवार्ड उत्कृष्ट जोडीको अवार्ड जितेका छन् । अवार्ड जितेपछि पल र आँचलको अनुहारमा छुट्टै किसिमको खुसी देखिएको थियो ।

सबैले पल र आँचललाई रियल कपल झै बधाई दिदाँ पल र आँचल लजाएका पनि थिए । पल र आँचलले आफूहरु एकअर्काको सबैभन्दा मिल्ने साथी भएको बताउँदै आएका छन् । दुवैले अवार्ड पाएपछि सबैलाई धन्यवाद पनि दिए ।

प्रतिक्रिया दिनुहोस्