राजनीतिबाट निराश हुँदै करिश्माले छोडिन् बाबुरामको पार्टी



१३ जेठ २०७६, काठमाडौँ

करिश्मा मानन्धर नेपालकी चर्चित नायिका हुन् । तर पछिल्लो समयमा उनी राजनीतिमा पनि सक्रिय हुन थालेकी थिइन् । उनी डा.बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीमा आबद्ध भएकी थिइन् ।

त्यस समय करिश्मा पार्टीको लागि गाउँ गाउँ समेत धाएकी थिइन् । तर अहिले करिश्माले आफू राजनीतिबाट निराश भएको बताएकी छिन् । उनले यो राजनीति बुझ्नु सजिलो काम नभएकाले आफूलाई निकै गाह्रो भएको बताइन् ।

उनले आफूले राजनीति बुझ्न खोजेको तर नसकेको बताइन् । घुमाउरो शैलीमा करिश्माले अब आफूले राजनीति क्षेत्रलाई छोडेको बताएकी छिन् । उनले त्यसैपनि यो पार्टीमा आफ्नो त्यति जरुरत नभएको पनि बताइन् । उनले अब आफू बाबुरामको नयाँ पार्टीमा आबद्ध नहुने पनि स्पष्ट बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्