युरोपमा रमाउँदै झरनाकी गुडियारानी सुहाना (फोटो सहित)



१४ जेठ २०७६, काठमाडौँ

सुहाना थापा चलचित्र ए मेरो हजुर ३ बाट रजतपटमा भित्रिएकी हुन् । तर उनले पहिलो चलचित्रबाट नै नसोचेको सफलता हासिल गरिन् । पहिलो चलचित्रबाट नै उनलाई दर्शकले अव्वल अभिनेत्रीको नाम दिएका छन् । दर्शक र समिक्षकबाट पाएको प्रतिक्रियाबाट सुहाना पनि निकै खुसी देखिएकी छिन् ।

यस्तै गत शुक्रबार सुहाना आफ्नी आमा झरना थापासँग चलचित्र ए मेरो हजुर ३ को प्रदर्शनको लागि युरोप गएकी छिन् । उनीहरुको यो यात्रा लामो हुनेछ । युरोप हुँदै आमा छोरी यूके, क्यानडा लगायतका देशमा चलचित्रको प्रदर्शन सकेर मात्र नेपाल फर्कनेछन् ।

यस्तै यूरोप पुगेर झरनाले आफ्नी गुडियारानी छोरीको तस्बिर सामाजिक सञ्जालमा सेयर गरेकी छिन् । उनले तिमी नै मेरो मुस्कुराउँनुको आधार गुडियारानी भनेर क्याप्सन लेखेकी छिन् । सुहाना तस्बिरमा निकै राम्री देखिएकी छिन् । उनी छोटो समयमा नै सबैको प्यारी बन्न सफल भएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्