‘बोल माया’ र ‘गलबन्दी’ हिट भएपछि भावुक हुँदै मिडियामा आइन् गायिका शान्ति श्री परियार (भिडियो)



१४ जेठ २०७६, काठमाडौँ

शान्ति श्री परियार पछिल्लो समयकी निकै चर्चित र व्यस्त लोकगायिका हुन् । उनलाई दर्शकले बोल माया गीतबाट चिन्न थालेका हुन् । हुन त उनले बोल माया भन्दा पहिले पनि धेरै गीतहरु गाइसकेकी थिइन् । तर बोल माया गीत उनको करियरको टर्निङ पोइन्ट बन्न पुग्यो ।

बोल माया बाट उनले दर्शकको अपार माया पाउन सफल भइन् । अहिले उनी देश तथा विदेशको कार्यक्रममा निकै व्यस्त छिन् भने उनको फ्यान फलोइङ पनि उत्तिकै लोभलाग्दो रहेको छ । बोल माया को अपार सफलतापछि बोल माया को टिमले अर्को मन छुने गीत ल्याएको छ । गलबन्दी बोलको गीतले अहिले तहल्का मच्चाइरहेको छ ।

गलबन्दी गीतले छोटो समयमा नै दर्शकको अत्याधिक माया पाएपछि शान्ति श्री परियार मिडियामा आएकी छिन् । दर्शकले आफ्नो गीतलाई दिएको माया देखेर शान्ति दंग छिन् । उनले सबैलाई आफ्नो गीत मन पराइदिनु भएकोमा धन्यवाद पनि दिइन् । शान्तिले बोल माया मा दर्शकलाई रुवाएकाले यसपटक पनि रुवाउन नचाहेको बताइन् । उनले प्रकाशको पनि निकै तारिफ गरिन् । उनले प्रकाशले आफ्नो काममा सधैँ निकै ध्यान दिने भएकाले हरेक पटक उनी सफल हुने बताइन् । अब उनले छिट्टै बोल माया २ पनि आउने बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्