मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुँदै प्रधानमन्त्री ओली



१४ जेष्ठ २०७६, काठमाडौं

नेपालका प्रधानमन्त्री केपी शर्मा ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा सहभागी हुने भएका छन् ।

मोदीले आफ्नो दोस्रो कार्यकालको लागि बिहीबार शपथ लिँदै छन् ।

मोदीले यसपटकको शपथ ग्रहण समारोहमा बिमस्टेकका सदस्य राष्ट्रहरुलाई पनि डाकेका छन् ।

उनलेआफ्नो पहिलो कार्यकालको शपथ ग्रहणमा सार्क राष्ट्रका राष्ट्रप्रमूखहरूलाई बोलाएका थिए ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री ओली भारत जान लागेको पुष्टि गरेका छन् ।

“हो उहाँ जाँदै हुनुहुन्छु, ज्ञवालीले भने, उहाँ शपथमा भाग लिएर शुक्रबार फर्कनुहुने छ ।

ओली समारोहमा सहभागी हुन आगामी सोमबार जाने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्