सलोनसँग विवाह गर्ने पूजाको चाहना !



१४ जेठ २०७६, काठमाडौँ

सलोन बस्नेत र पूजा शर्मा दुवै नेपाली चलचित्र जगतका अव्वल कलाकार हुन् । यी दुई एकअर्काका असाध्यै मिल्ने साथी पनि हुन् । यतिबेला पूजा सलोनसँग एक गीतमा काम गर्नमा व्यस्त छिन् ।

त्यसैक्रममा पूजाले सलोनको बारेमा बोलेकी छिन् । पूूजाले आफू सलोनको निकै ठूलो फ्यान भएको बताएकी छिन् । उनले सलोनले बाल कलाकारको भूमिका निभाएको चलचित्रहरु हेरेर त आफू धेरैपटक रोएको समेत बताएकी छिन् ।

पूजाले सलोनको अभिनयले सधैँ आफ्नो मन छुने भएकाले उसको कुनैपनि चलचित्र हेर्न नछुटाउने गरेको बताइन् । पूजाले सलोन नेपाली चलचित्रको पिल्लर भएको समेत बताइन् । उनले कुनैबेला आफूलाई सलोनसँग विवाह गर्ने चाहना भएको समेत बताएकी छिन् । सलोनले पनि पूजाको निकै तारिफ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्