अब सलमानसँग कहिल्यै पनि काम गर्दिनन् दिशा, यस्तो छ कारण



१४ जेठ २०७६, काठमाडौँ

दिशा पटानी पछिल्लो समयकी व्यस्त र निकै चर्चित बलिउड नायिका हुन् । दिशाले छोटो समयमा नै निकै फ्यान कमाएकी छिन् । दिशालाई धेरै दर्शकले चलचित्र बागी २ बाट मन पराउन थालेका हुन् ।

दिशा यतिबेला चलचित्र भारत को प्रमोशनमा व्यस्त छिन् । चलचित्र भारत की उनी मुख्य नायिका त होइनन् तर दिशाले यो चलचित्र आफ्नो लागि निकै विशेष भएको बताएकी छिन् । उनले आफूले सलमान खानसँग काम गर्न पाउँछु भनेर सपनामा पनि नसोचेको बताइन् ।

दिशाले अब आफूले भविष्यमा सायद कहिल्यै पनि सलमानसँग काम गर्न नपाउने बताएकी छिन् । उनले आफ्नो र सलमानको उमेर अन्तर निकै भएका कारण सलमानसँग आफ्नो जोडी नजम्ने बताएकी छिन् । दिशाले यो चलचित्रमा सलमानसँग काम गर्न पाउनु नै आफ्नो भाग्यको कुरा भएको बताएकी छिन् । दिशाले सलमानबाट आफूले धेरै कुरा सिक्न पाएको पनि बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्