१४ जेष्ठ २०७६, काठमाडौं
फ्रिडम पार्टीका नेता सोबास्टिनले चुनाव आफ्नो पक्षमा पार्न एक महिलासँग गरेका कुराकानी बाहिर आएपछि अष्ट्रियाको सरकार ढलेको छ ।
उनले एक रुसी महिलासँग गरेको गोप्य कुराकानीको भिडियो बाहिर आएपछि उनले सत्ता छोड्न बाध्य भएका हुन् ।
भिडियोका कारण विवादित बनेका उनले संसदबाट विश्वासको मत लिनुपर्ने थियो तर, उनले आफुलाई आवश्यक विश्वासको मत प्राप्त गर्न सकेनन् ।
जहाँ, उनकै पार्टी तथा विपक्षी दल सोशल डेमोर्क्याट्सले अविश्वासको प्रस्तावमा समर्थन जनाएका छन् ।
यो अवस्था आएपछि अष्ट्रियाको राष्ट्रपति अलेक्जेण्डर वेन डेर बेलनले भाइन्स चान्सलर हर्टविग लंगरलाई अन्तरिम चान्सलर नियुक्त गरेका छन् ।
जर्मनीको एक सञ्चारमाध्यमबाट चान्सलर कुर्जको भिडियो सार्वजनिक भएको थियो ।
सन् २०१७ मा स्पेनको ‘इबिसा द्वी’मा सो दृश्य रेकर्ड भएको बताईएको छ ।
भिडियोमा जर्मनीकै भाईस चान्सलर र अष्ट्रियाका चान्सलर एक रुसी महिलासँग अष्ट्रियाको चुनाव कुर्जको पक्षमा पार्नका लागि त्यहाँको एक ठूलो पत्रिकालाई किन्नुपर्ने प्रस्ताव ती महिलालाई राखेका थिए ।
कुर्ज ३१ वर्षको उमेरमा अष्ट्रियाको चान्सलर बनेका थिए ।