‘प्रेम गीत’ को जतिसुकै सिरिज बनेपनि दर्शकले ‘गीत’ भन्ने बित्तिकै मलाई नै याद गर्नुहुन्छ : पूजा शर्मा



१४ जेठ २०७६, काठमाडौँ

पूजा शर्मा अहिलेकी निकै चर्चित नायिका हुन् । उनी एकपछि अर्को चलचित्रमा निकै व्यस्त छिन् । पूजा शर्माको अहिले नेपाली सिनेवृतमा चर्को डिमाण्ड छ । उनको फ्यान फलोइङ पनि निकै लोभलाग्दो रहेको छ  ।

पूजाले हालै भएको एक अन्तवार्तामा आफ्ना आन्तरिक कुराहरु बताएकी छिन् । उनले आफू पहिले देखि नै शाहरुख खानको निकै ठूलो फ्यान भएको बताएकी छिन् । पूजाले शाहरुखलाई नै आफ्नो आइडल मान्ने गरेको बताइन् ।

उनले प्रेमगीत ३ को बारेमा पनि बोलेकी छिन् । पूजाले प्रेमगीत को जतिवटै सिरिज भनेपनि दर्शकले गीत भन्ने वित्तिकै आफूलाई नै याद गर्ने गरेको समेत बताइन् । साथै उनले प्रेमगीत ३ युनिटलाई शुभकामना पनि दिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्