एउटा यस्तो भिडियो, जुन भिडियोले अष्ट्रियाको सरकार ढल्यो(भिडियो सहित)



१४ जेष्ठ २०७६, काठमाडौं

फ्रिडम पार्टीका नेता सोबास्टिनले चुनाव आफ्नो पक्षमा पार्न एक महिलासँग गरेका कुराकानी बाहिर आएपछि अष्ट्रियाको सरकार ढलेको छ ।

उनले एक रुसी महिलासँग गरेको गोप्य कुराकानीको भिडियो बाहिर आएपछि उनले सत्ता छोड्न बाध्य भएका हुन् ।

भिडियोका कारण विवादित बनेका उनले संसदबाट विश्वासको मत लिनुपर्ने थियो तर, उनले आफुलाई आवश्यक विश्वासको मत प्राप्त गर्न सकेनन् ।

जहाँ, उनकै पार्टी तथा विपक्षी दल सोशल डेमोर्क्याट्सले अविश्वासको प्रस्तावमा समर्थन जनाएका छन् ।

यो अवस्था आएपछि अष्ट्रियाको राष्ट्रपति अलेक्जेण्डर वेन डेर बेलनले भाइन्स चान्सलर हर्टविग लंगरलाई अन्तरिम चान्सलर नियुक्त गरेका छन् ।

जर्मनीको एक सञ्चारमाध्यमबाट चान्सलर कुर्जको भिडियो सार्वजनिक भएको थियो ।

सन् २०१७ मा स्पेनको ‘इबिसा द्वी’मा सो दृश्य रेकर्ड भएको बताईएको छ ।

यस्तो छ भिडियो

सम्बन्धित समाचार हेर्नुहोस्

अष्ट्रिया सरकार एक रुसी महिलाको कारण ढल्यो

प्रतिक्रिया दिनुहोस्