‘नेपाल आइडल’ बाट चर्चामा आएकी गायिका अस्मिता अधिकारीको नयाँ गीत रिलिज (भिडियो)



१५ जेठ २०७६, काठमाडौँ

अस्मिता अधिकारी नेपाल आइडल सिजन २ बाट चचाएमा आएकी गायिका हुन् । अस्मिता नेपाल आइडल सिजन २ को उत्कृष्ट ४ सम्म पर्न सफल भएकी थिइन् । नेपाल आइडल पछि अहिले अस्मिताको डिमाण्ड निकै बढेको छ । उनी देश तथा विदेशका कार्यक्रममा निकै व्यस्त पनि छिन् ।

अस्मिताको नयाँ गीत भर्खरै मात्र सार्वजनिक भएको छ । उनले निकै चर्चित गीत तिम्रो मायाले बाधेर राख लाई नयाँ भर्जनमा कभर गरेकी छिन् । अस्मिताको आवाजमा जादु छ । त्यसैले उनका फ्यानहरु पनि निकै नै रहेका छन् । नेपाल आइडल को सफलतासँगै अस्मिताको पनि व्यस्तता निकै बढेको छ ।

प्रतिक्रिया दिनुहोस्