ससुराको अन्तिम बिदाईमा निकै भावुक भइन् काजोल, ऐश्वर्यालाई अंगालो हालेर भक्कानिएर रोइन् (भिडियो)



१५ जेठ २०७६, काठमाडौँ

बलिउडका चर्चित अभिनेता अजय देवगणका पिताको सोमबार असामयिक निधन भएको छ । बाबुको निधनपछि अहिले अजय लगायत उनको परिवार निकै शोकमा रहेको छ । अजयको बाबुको अन्तिम संस्कार सोमबार बेलुकी मुम्बईमा गरिएको छ ।

अजय र काजोललाई सान्त्वना दिनको लागि बलिउडका चर्चित कलाकार पनि उपस्थित भएका थिए । यस्तै काजोलको निकै मिल्ने साथी रहेकी ऐश्वर्या र उनका श्रीमान अभिषेक बच्चन पनि त्यहाँ पुगेका थिए । ऐश्वर्यालाई देख्ने वित्तिकै काजोल निकै भावुक भएकी थिइन् । उनले ऐश्वर्यालाई अंगालो हालेर भक्कानिएर रोएकी थिइन् । काजोललाई ऐश्वर्याले निकै समलिरहेकी थिइन् । उक्त भिडियो अहिले सामाजिक सञ्जालमा निकै भाइरल भैरहेको छ ।

 

View this post on Instagram

 

The emotional moment #kajoldevgn and #aishwaryaraibachchan

A post shared by Viral Bhayani (@viralbhayani) on

प्रतिक्रिया दिनुहोस्