दिशाले सलमानसँग अब कहिल्यै काम गर्न नपाउने बताएपछि सलमानले दिए यस्तो जवाफ



१५ जेठ २०७६, काठमाडौँ

दिशा पटानी यतिबेला चलचित्र भारत को प्रमोशनमा व्यस्त छिन् । हुन त दिशा चलचित्र भारत की मुख्य नायिका त होइनन् तर उनको चलचित्रमा विशेष भूमिका भएका कारण उनी प्रमोशनमा हिडिरहेकी छिन् । यसैबीच दिशाले केहीदिन अघि भारत नै आफ्नो सलमानसँगको पहिलो र अन्तिम चलचित्र हुन सक्ने बताएकी छिन् ।

दिशाले आफ्नो र सलमानको उमेर अन्तर निकै भएका कारण सायद अब अरु चलचित्रमा सलमानसँग आफ्नो केमेष्ट्रि नमिल्ने बताएकी थिइन् । उनले भारत मा सलमान जवान भएकाले आफूसँग जोडी सुहाएको पनि बताइन् । दिशाको यस्तो प्रतिक्रियापछि सलमानले दिशालाई कडा जवाफ फर्काएका छन् ।

सलमानले दिशालाई उमेर अन्तरको कुरा नगर्दा राम्रो हुने बताएका छन् । सलमानले आफूले अझैपनि  १७ बर्षकी नायिकासँग चलचित्रमा रोमान्स गरिरहेको बताएका छन् । दिशा सलमानकी ठूलो फ्यान थिइन् । त्यसैले उनलाई अब सलमानसँग काम गर्न नपाउँला भन्ने डर थियो तर सलमानको यस्तो प्रतिक्रियाले राम्रो प्रोजेक्ट आए पुनः सलमान र दिशा चलचित्रमा एकसाथ देखिने सम्भावना देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्