अन्तत : ‘बोल माया’ की अञ्जली बन्ने भइन् ‘प्रेम गीत ३’ मा प्रदिपकी नायिका !



१५ जेठ २०७६, काठमाडौँ

अञ्जली अधिकारी पछिल्लो समयकी निकै चर्चित र व्यस्त मोडल हुन् । उनलाई धेरै दर्शकमाझ बोल माया गीतले चिनाएको थियो । बोल माया को अपार सफलतापछि अहिले जताततै अञ्जलीको डिमाण्ड चर्को छ ।

त्यतिमात्र नभएर उनी चलचित्र प्रेम गीत ३ मा मुख्य नायिकाको लागि भएको अडिसनबाट उत्कृष्ट २५ मा पर्न सफल भएकी छिन् । धेरैले चलचित्र प्रेम गीत ३ मा प्रदिपकी नायिका अञ्जली नै हुने अनुमान लगाएका छन् । गोप्य स्रोतका अनुसार अञ्जली नै चलचित्रका लागि फाइनल भैसकेकी छिन् । तर निर्माण टिमले यो कुरामा कत्तिपनि सत्यता नभएको बताएको छ ।

चलचित्र निर्माण टिमले अब आइतबार बाट उत्कृष्ट २५ बाट प्रेम गीत ३ को लागि नायिका छानिने बताएको छ । अधिकांश दर्शकले टप २५ मध्ये अञ्जलीलाई बढी माग गरिरहेका छन् । त्यस हिसाबले पनि प्रेम गीत ३ मा प्रदिपकी नायिका बन्ने सम्भावना अञ्जलीको प्रवल देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्