‘जात्रै जात्रा’ को प्रदर्शनको लागि अष्ट्रेलिया पुगे विपिन, बर्षा पनि आज अष्ट्रेलिया उड्दै



१५ जेठ २०७६, काठमाडौँ

जेठ ३ गतेबाट देशव्यापी रुपमा प्रदर्शनमा आएको चलचित्र जात्रै जात्रा ले अहिले पनि देशभर आक्रमक व्यापार गरिरहेका छन् । जात्रै जात्रा ले देशमा मात्र नभएर बाहिर पनि निकै राम्रो व्यापार गरिरहेको छ । यस्तै जात्रै जात्रा को डिमाण्ड अष्ट्रेलियामा बढ्दो छ ।

चलचित्रको लागि जात्रै जात्रा का मुख्य नायक विपिन कार्की अष्ट्रेलिया पुगिसकेका छन् भने निर्देशक प्रदिप भट्टराई र नायिका बर्षा राउत पनि आज अष्ट्रेलिया उड्दैछन् । अष्ट्रेलियाका दर्शक चलचित्रका कलाकारलाई भेट्नको लागि निकै नै उत्साहित भएको विपिनले जानकारी दिएका छन् ।

अष्ट्रेलियामा जात्रै जात्रा को ११ शोज हाउसफूल भैसकेका छन् । जात्रै जात्रा चलचित्र जात्रा को सिक्वेल हो । जात्रा लाई दर्शकले निकै नै मन पराएका थिए । त्यसैले पनि जात्रै जात्रा ले सोचेभन्दा पनि बढी दर्शकबाट माया पाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्