चर्चित नायक पल शाहले गरे भुटानकी नायिकासँग विहे



१५ जेठ २०७६, काठमाडौँ

पल शाह पछिल्लो समयका निकै चचित अभिनेता हुन् । उनी चलचित्रमा मात्र नभएर म्यूजिक भिडियोमा पनि उत्तिकै व्यस्त छन् । अझ भन्ने हो भने म्यूजिक भिडियो हुँदै चलचित्रमा आएकाले पल म्यूजिक भिडियोमा धेरै सफल छन् ।

पलको फ्यान फलोइङ पनि निकै लोभलाग्दो रहेको छ । उनलाई भेट्नको लागि भुटानकी नायिका समेत नेपाल आउन बाध्य भइन् । हुन त उनी नेपाली चलचित्रलाई नै निकै माया गर्ने नायिका हुन् । तर उनले आफूलाई पल शाह भने निकै मन पर्ने बताएकी छिन् । उनी भुटानदेखि नेपाल पलसँग काम गर्न आएकी हुन् ।

यतिबेला पल भुटानी नायिकासँग म्यूजिक भिडियो खेल्नमा व्यस्त छन् । उक्त म्यूजिक भिडियोमा पलले भुटानी नायिकासँग विवाह पनि गरेका छन् । पलसँग भेट्नु र काम गर्न पाउनु आफ्नो लागि भाग्यको कुरा भएको ती नायिकाले बताइन् ।

प्रतिक्रिया दिनुहोस्