प्रधानमन्त्री ओलीलाई मानार्थ ‘विद्यावारिधी’को उपाधी



१५ जेष्ठ २०७६, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरियाको काङनाम विश्वविद्यालयले मानार्थ विद्यावारिधीको उपाधी प्रदान गरेको छ ।

आज एक कार्यक्रमबीच विश्विद्यालयलका प्रेशीडेन्ट डा. शिनिल युनले प्रधानमन्त्री ओलीलाई उपाधी प्रदान गरेका हुन् ।

प्रधानमन्त्री ओलीले नेपालमा लोकतन्त्रका लागि उच्च योगदान गरेको भन्दै विश्वविद्यालयले सो उपाधी प्रदान गरेको बताईएको छ ।

उपाधी ग्रहणपछि प्रधानमन्त्री ओलीले भने, “यो सम्मान मेरो व्यक्तिगत होईन, हामी सम्पूण नेपालीको हो ।

यस्तै प्रधानमन्त्री ओलीले कोरियाको विकासबाट नेपालले धेरै कुरा सिक्न सक्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्