१५ जेष्ठ २०७६, काठमाडौं
आर्थिक वर्ष २०७६/७७ मा सरकारले शिक्षाका लागि एक खर्व ६३ अर्व रुपैंया छुट्याएको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदमा आयव्याय प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
साथै सरकारले शिक्षा तहमा पहुँच पुर्याउन राष्ट्रपति शैक्षिक कोष स्थापना गर्ने भएको छ ।