१५ जेठ २०७६, काठमाडौं
जेष्ठ नागरिकलाई दिइने सामाजिक सुरक्षा भत्ता एक हजार रूपैयाँ वृद्धि भई मासिक तीन हजार रुपैया भएको छ ।
अर्थमन्त्री युवराज खतिवडाले बुधबार आर्थिक वर्ष २०७६/०७७ को बजेट भाषण गर्दै ७० वर्षमाथिका नागरिकलाई अहिले दिइँदै आएको मासिक २ हजारमा एक हजार रूपैयाँ थप गरेको बताए । १३ लाख जेष्ठ नागरिकलाई लाभ हुने गरि सरकारले बृद्ध भत्ता बढाएको बताए ।
अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा पेश गरेको बजेटमा बृद्धभत्ता एक हजार बढाइएको बताएका छन् ।