बूढानीलकण्ठमा खाद्य प्रविधि तथा गुण नियन्त्रण तथा उपभोक्ता भेला कार्यक्रम सम्पन्न (फोटो फिचर)



१५ जेठ २०७६, काठमाडौं

बूढानीलकण्ठ नगरपालिका वडा नं १० स्थित शिव मन्दिरमा खाद्य पदार्थमा स्वच्छता, हामी सबैको प्रतिबद्धता भन्ने नाराका साथ ११ औं राष्ट्रिय खाद्य स्वच्छता दिवस तथा उपभोक्ता भेला कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा आयोजित र सहआयोजक सिद्धेश्वर साधना योग केन्द्र र उपभोक्ता हित संरक्षण मञ्च रहेको थियो ।

उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपभोक्ता हित संरक्षण मञ्चका उपमहासचिव विश्णु प्रसाद तिमिल्सीना, विशेष अतिथि बूनपा १० का वडाध्यक्ष नवराज भट्टराई र १२ का वडाध्यक्ष शम्भु प्रसाद भट्टराई रहेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि उपभोक्ता हित संरक्षण मञ्चका उपमहासचिव तिमिल्सीनाले कुनैपनि किसिमका वेमौसमी खाने कुराहरु नखान आग्रह गरेका थिए ।

कार्यक्रमका विशेष अतिथि बूनपा १० का वडाध्यक्ष नवराज भट्टराईले दैनिक उपभोग्य सामानमा सबैभन्दा बढि खानेपानीको जारमा समस्या रहेको बताउँदै अनुगमनका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई अनुरोध गरेका थिए ।

बूनपा १२ का वडाध्यक्ष भट्टराईले काठमाडौंमा तरकारीको विशेष गरि समस्या भएको बताउँदै सकेसम्म कौषि खेती लगातय भिविन्न किसिमबाट आँफैले उत्पादन गरेर तराकारीमा आत्म निर्भर बन्न नगरवासीलाई आग्रह गरेका थिए ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण उपभोक्ता भेला कार्यक्रममा प्रशिक्षकद्वय वरिष्ठ खाद्य अनुसन्धान अधिकृत पुर्ण चन्द्र वस्ती र उपभोक्ता हित संरक्षण मञ्चका केन्दीय सदस्य जय पौडेलले उपस्थितीलाई प्रशिक्षण दिएका थिए ।

सिद्धेश्वर साधना योग केन्द्रकी अध्यक्ष कमलादेवी पाण्डे शिवाकोटीको सभापतित्व रहेको कार्यक्रममा स्वागत मन्तव्य अधिवक्ता चन्द्र शिवाकोटी तथा राखेका थिए भने संचालन विष्णु प्रसाद प्रसाईले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्