बनिरहेको रंगशाला कसैले धम्की दिदैँ भत्काएपछि धुर्मुस रुदैँ आए मिडियामा, भन्छन् ‘जीन्दगीमा यतिधेरै दुखी कहिल्यै पनि भएको थिइन’ (भिडियो)



१६ जेठ २०७६, काठमाडौँ

धुर्मुस सुन्तली नेपालका चर्चित कलाकार मात्र नभएर एक सच्चा राष्ट्रसेवक पनि हुन् । धुुर्मुस सुन्तलीले भूकम्प गएको समयमा पनि भूकम्पले ग्रसित क्षेत्रहरुलाई निकै मेहेनत गरेर बनाएका थिए । उनीहरुले अहिल आफ्नो पुरै समय गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालामा खर्चिरहेका छन् ।

उनीहरुले यो रंगशाला आफ्नो मात्र नभएर सिंगो देशको सपना भएकाले जसरी भएपनि रंगशाला निर्माण गरेर देखाउने अठोट गरेका थिए । तर धुर्मुस सुन्तलीको खुसीमा डढेलो लागेको छ । बारम्बार धम्की आइरहँदा पनि धुर्मुस सुन्तलीले हार नमानी निरन्तर रंगशाला निर्माणमा आफ्नो समय दिइरहेका थिए । तर उनीहरुको मेहेनत खेर गएको छ । कसैले डोजर ल्याएर रंगशाला भत्काइदिएका छन् ।

यो खबर धुर्मुस सुन्तलीको लागि मात्र नभएर सम्पूर्ण नेपालीको लागि दुखको खबर हो । आफ्ना देशका खेलाडीको लागि धुर्मुस र सुन्तलीले यो कामको थालनी गरेका थिए । तर एका विहानै आफ्नो व्यक्तिगत स्वार्थ पुरा गर्नको लागि कसैले डोजर लगाएर रंगशाला भत्काइदिएका छन् । रंगशाला भत्काइदिएपछि धुर्मुस निकै भावुक हुँदै मिडियामा आएका छन् । उनले रुदैँ जति नै राम्रो काम गर्न खोजेपनि नहुने रहेछ भनेका छन् । उनले आफ्नो जीन्दगीमा यतिधेरै दुखी कहिल्यै पनि नभएको बताएका छन् । तरपनि धुर्मुस र सुन्तलीले हार मानेका छैनन् । उनीहरुले रंगशाला बनाएर नै छोड्नेछन् ।

प्रतिक्रिया दिनुहोस्