मध्यरातमा चर्चित नायक विराज भट्टको गाडीमा आगलागी, कसले गर्यो यस्तो काम ? (भिडियो)



१६ जेठ २०७६, काठमाडौँ

विराज भट्ट नेपालका निकै चर्चित अभिनेता हुन् । उनी लामो समयपछि अहिले फेरि चलचित्रमा फर्किएका छन् । यतिबेला भने उनी आफैँले निर्माण गरिरहेको चलचित्र साङ्लो को छायांकनमा व्यस्त छन् ।

केहीदिन अघि चलचित्र साङ्लो को रातको १२ बजे चोभारमा छायांकन गरिएको थियो । जहाँ एउटा गाडीलाई पुरै जलाइएको थियो । यो दृश्य डरलाग्दो देखिन्थ्यो । तर यो रियलमा नभएर चलचित्रको सुटिङ मात्र थियो । यसैबीच चलचित्रका नायक र निर्माता समेत रहेका विराज भट्टले चलचित्रको छायांकन निकै राम्रोसँग भैरहेको बताएका छन् ।

चलचित्रमा विराजको अपोजिटमा पूर्व मिस नेपाल समेत रहेकी निकिता चाण्डक देखिनेछिन् । निकितालाई चलचित्रमा आउने रहर पहिले नै लागेको थियो । तर धेरै समयको पर्खाइपछि भने उनी चलचित्रमा देखिने भएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्