‘कान्स’ को विवाद विषयमा रसाए प्रियंकाको आँखा, ‘रेड कार्पेटमा हिड्न पाइन’ भन्दै यस्तो भन्छिन् (भिडियो)



१६ जेठ २०७६, काठमाडौँ

प्रियंका कार्की कान्स बाट नेपाल फर्किसकेकी छिन् । उनले कान्स मा गएर ४ वटा प्रोगामहरुमा सहभागी भइन् । कान्स मा जादाँ प्रियंका विवादित पनि बन्न पुगिन् । उनले लगाएको पहिरन कपी गरेको आरोप लाग्यो भने कान्स को रेड कार्पेटमा पनि दर्शकले अपेक्षा गरे अनुसार उनी देखिइनन् ।

धेरैले प्रियंकाले रेड कार्पेटको कुरा झुट बोलेको बताए । प्रियंका निकै भावुक हुँदै मिडियामा आएकी छिन् । उनले आफू कान्स मा जान पाउनु नै ठूलो कुरा भएको लागेपनि सबैले नराम्रो कमेन्ट गर्दा नराम्रो फिल भएको बताएकी छिन् ।

प्रियंकालाई धेरैले कान्स को एउटा मात्र कार्यक्रममा बोलाएको तर उनले धेरैवटा कार्यक्रममा बोलाएको भन्दै गफ लाएको बताएका छन् । तरपनि प्रियंकाले आफूले कान्समा गएर धेरै कुराको अनुभव गर्ने मौका पाएको बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्