धुर्मुसलाई रुवाउनेलाई रवि लामिछानेले नछाड्ने ! आक्रोशित हुँदै यस्तो भने (भिडियो)



१६ जेठ २०७६, काठमाडौँ

कसैले आफ्नो व्यक्तिगत स्वार्थ पुरा गर्नको लागि धुर्मुस सुन्तलीले बनाइरहेको क्रिकेट रंगशाला भत्काइदिएपछि यतिबेला उनीहरु निकै नै दुखी छन् । अझ धुर्मुस त रुदैँ मिडियामा आएका थिए । उनले जीवनमा आफू यतिधेरै दुखी कहिल्यै पनि नभएको बताएका छन् ।

यसैबीच अर्को सामाजिक अभियान्ता तथा सञ्चारकर्मी रवि लामिछानेले आफ्नो आधिकारीक फेसबुक मार्फत स्टाटस लेख्दै धुर्मुस सुन्तलीको हौसलालाई बढाएका छन् । रविले निकै आक्रोशित हुँदै त्यस्तो काम गर्नेलाई त सकारले कडा कारवाही गर्नुपर्ने बताएका छन् । उनले राज्यले गर्नुपर्ने काम एक कलाकार जोडीले गरिरहेको बेला पनि त्यसमा साथ नदिएको देख्दा आफूलाई नराम्रो लागेको बताए ।

रविले धुर्मुस सुन्तलीको समर्थक यो घटनापछि अझै बढेकाले दुखी नभई आफूले गरिरहेको कामलाई अघि बढाउन आग्रह गरेका छन् । उनले एकदिन रंगशाला जरुर बन्ने पनि बताएका छन् ।

https://youtu.be/juXlV4ZQQIM

प्रतिक्रिया दिनुहोस्