१६ जेठ २०७६, काठमाडौँ
बालाजुको ठूलो क्षेत्रफलमा फैलिएको स्थानमा मा रहेको एनएफडीसी परिसरमा पुग्दा चलचित्रकर्मीले नै गर्व गर्ने ठाउँ थियो । इनडोर स्टूडियो, चलचित्र प्रशोधनको ल्याबदेखि पुराना चलचित्रका नेगेटीभ सबै थिए । तर, अहिले सो स्थानको जग्गा खुम्चिएर ६ ।७५ रोपनीमा आइपुगेको छ ।
यो बिषयमा चलचित्र विकास बोर्ड पनि जानकार छ । नेपाल सरकारले ल्याएको नयाँ बजेटमा काठमाण्डौमा इनडोर स्टूडियो बनाउने बताइएको छ । तर, यसका लागि बालाजुको जग्गा अहिले पर्याप्त छैन ।
यो बिषयमा नायिका करिश्मा मानन्धरले प्रश्न उठाएकी छिन् । करिश्माले फेसबुकमा स्टाटस लेख्दै जग्गाको खोजी गरेकी हुन । उनका अनुसार एनएफडीसीको सरकारी जग्गा २७ रोपनीबाट खुम्चिएर ६ ।७५ रोपनीमा मात्र कसरी आयो? तुरुन्तै छानबिन होस ।