रंगशाला भत्काउने व्यक्ति पक्राउ, केही समयका लागि रंगशाला निर्माणको काम स्थगित (भिडियो)



१६ जेठ २०७६, काठमाडौँ

बुधबार विहान चितवनको रामपुरमा निर्माण भइरहेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला भत्काइएको छ । केही व्यक्तिले आफ्नो स्वार्थ पुरा गर्नको त्यस्तो काम गरेपछि अहिले धुर्मुस सुन्तली निकै पिडामा छन् । तर रंगशालालाई डोजर लगाएर भत्काउने व्यक्ति पक्राउ परिसकेका छन् ।

बुधबार बेलुकी प्रहरीले रंगशाला भत्काउने समूहका  नाइके प्रकाश कडेल सहित १६ जनालाई पक्राउ गरेको छ । ती व्यक्तिहरु पक्राउ भएसँगै रंगशाला निर्माणको काम केही समयको लागि स्थगित गरिएको छ । रंगशाला भत्काउने व्यक्तिलाई प्रहरीले हिरासतमा लिएसँगै अब कानूनी कारवाही अगाडी बढाइने प्रहरीले जानकारी दिएका छन् ।

राष्ट्रले गर्नुपर्ने काम एक कलाकार जोडीले गरिरहँदा पनि यस्तो कार्य हुँदा धुर्मुस सुन्तलीको मात्र नभएर सम्पूर्ण नेपालीको मन रोएको थियो । तर अब गल्ती गर्ने व्यक्ति पक्राउ परिसकेपछि यस्तो काम पुनः नदोहोरिने अनुमान लगाउन सकिन्छ ।

https://youtu.be/EymWgXYA5bA

प्रतिक्रिया दिनुहोस्