रंगशाला भत्काउने प्रति सुन्तलीको आक्रोश, भन्छिन् ‘देशद्रोही प्रकाशेलाई जुत्ताको माला लगाउनुपर्छ’



१६ जेठ २०७६, काठमाडौँ

यतिबेला देशका चर्चित कलाकार मात्र नभएर राष्ट्रसेवक समेत रहेका धुर्मुस र सुन्तली निकै दुखित छन् । उनीहरुले निकै मेहेनतका साथ बनाइरहेको अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई डोजर लगाएर भत्काएपछि धुर्मुस सुन्तलीको सपना भत्किएको छ ।

यतिबेला सबैले धुर्मुस सुन्तलीलाई निकै सान्त्वना दिइरहेका छन् । सारा ३ करोड नेपालीको साथ धुर्मुस र सुन्तलीले पाइरहेका छन् । खुसीको कुरा त के छ भने रंगशाला भत्काउने गु्रपका मुख्य व्यक्ति प्रकाश कडेल पक्राउ परिसकेका छन् । धुर्मुस सुन्तलीको साथमा राष्ट्रका ठूला व्यक्तिहरु पनि रहेका छन् । सबैले त्यस्तो काम गर्नेलाई कडा कारवाही दिनको लागि आग्रह गरिरहेका छन् ।

यस्तै धुर्मुस मिडियामा रुदैँ आएपछि सुन्तली पनि निकै आक्रोशित हुँदै मिडियामा आएकी छिन् । सुन्तलीको अनुहारमा रंगशाला भत्किदिनु पिडा स्पष्ट देखिएको थियो । उनले पनि रुदैँ त्यस्तो तुच्छ काम गर्ने प्रकाशलाई जुत्ताको माला लगाउनु पर्ने बताएकी छिन् । उनले कसैले पनि अरुले गरेको काममा त्यसरी हस्तक्षेप गर्न नमिल्ने कुरा बताएकी छिन् ।

सुन्तलीले देशको लागि गरेको काममा आफ्नै देशको मानिसले यस्तो गरेको देख्दा साह्रै चित्त दुखेको बताएकी छिन् । सुन्तलीले अब जसले यस्तो काम गरेका छन् त्यस व्यक्तिहरुले क्षतिपूर्ति नतिरेसम्म रंगशालाको काम अगाडी नबढ्ने बताएकी छिन् । उनले विश्वभर छरिएर रहेका नेपालीले रगत पसिना बगाएर कमाएको कमाईको निकै बेइजत गरेको पनि बताएकी छिन् । तर धुर्मुस र सुन्तलीसँग सम्पूर्ण राष्ट्रको साथ छ । त्यसैले उनीहरुलाई सबैले नआत्तिन र हरेश नखान आग्रह गरिरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्