‘प्रेम दिवस’ को शीर्ष गीतमा छल्कियो आयुष्मान र प्रियंकाको प्रेम (भिडियो)



१७ जेठ २०७६, काठमाडौँ

आयुुष्मान देशराज जोशी र प्रियंका कार्की पछिल्लो समयका निकै चर्चित र व्यस्त कलाकार हुन् । यी दुईको जोडीलाई दर्शकले निकै नै रुचाउने गरेका छन् । प्रियंका र आयुष्मानले इन्गेजमेन्ट पनि गरिसकेका छन् भने विवाह पनि छिट्टै गर्ने तयारीमा रहेका छन् ।

आयुष्मान र प्रियंका अभिनीत चलचित्र प्रेम दिवस प्रदर्शनको तयारीमा रहेको छ । चलचित्र प्रेम दिवस को २ गीत र ट्रेलर सार्वजनिक भैसकेको छ । भर्खरै मात्र चलचित्र को टाइटल गीत पनि सार्वजनिक भएको छ ।

सन्तोष पोखरेलको शब्द र करण राज कार्कीको संगीत रहेको प्रेम दिवस बोलको गीतमा सुरज राना र सैलु आरएल सिंहको आवाज रहेको छ । निकै मिठो गीतमा प्रियंका र आयुष्मान फिचर्ड छन् । चलचित्र प्रेम दिवस जेठ ३१ बाट देशव्यापी रुपमा प्रदर्शनमा आउँदै छ ।

प्रतिक्रिया दिनुहोस्