विश्वभर छरिएर रहेका नेपाली दाजुभाईका लागि आयो अर्को मन छुने गीत (भिडियो)



१७ जेठ २०७६, काठमाडौँ

बाध्यताले गर्दा हाम्रो देशका हजारौँ युवा विदेशिएका छन् । कति आफ्नो आन्तरिक समस्याले गर्दा त कति रहरले नै विदेशिन पुगेका छन् । यस्तै विश्वभर छरिएर रहेका नेपाली दाजुभाई, दिदिबहिनीको लागि निकै मार्मिक गीत सार्वजनिक भएको छ ।

रमेश विजीको शब्द र शिशिर देवकोटाको संगीत रहेको छोरो अमेरिका छ बोलको गीतमा शिशिर देवकोटा र सम्झना भण्डारीको आवाज रहेको छ । निकै नै भावुक शैलीको लोक गीतमा चर्चित कलाकार निर शाह लगायत धेरै चर्चित कलाकारको अभिनय रहेको छ ।

उक्त गीतमा छोराछोरी विदेशमा हुँदा नेपालमा बाबुआमाले एक्लै भएर छोराछोरीप्रति गरेको गुनासोको भावलाई देखाउन खोेजिएको छ । गीतमार्फत गायकले देशको वास्तविक घटनालाई चित्रण गर्न खोजेका छन् । अहिले उक्त गीत युट्युबमा निकै चर्चामा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्