१७ जेष्ठ २०७६, काठमाडौं
हालसम्मको फुटबल गोलको इतिहासमा कुनै पनि खेलाडीले एकै खेलमा ९ गोल गर्न सकेका थिएनन् ।
तर, पोल्याण्डमा जारी फिफा यू–२० विश्वकप फुटबलमा ईर्लिङ ब्राउटले एकै खेलमा ९ गोल गरेका छन् ।
गएराती भएको समूह चरणअन्तर्गत तेस्रो खेलमा नर्वेले होन्डुरसलाई १२–० को फराकिलो अन्तरले हरायो ।
सो खेल दौरान हल्यान्ड एक्लैले ९ गोल हानेर ‘त्रिपल ह्याट्रिक’ पूरा गरे ।
ब्राउट बुबा ईङ्लिस क्लब म्यानचेष्टर सिटीका पूर्व–खेलाडी थिए ।