रंगशाला भत्काएको आरोपमा पक्राउ परेका सुरेन्द्र विककी श्रीमतीले उल्टै लगाइन् धुर्मुसलाई गम्भिर आरोप (भिडियो)



१७ जेठ २०७६, काठमाडौँ

धुर्मुस सुन्तलीले बनाइरहेको रंगशाला अचानक डोजर लगाएर भत्काइएपछि अहिले देशैभर यो कुराले तहल्का मच्चाइरहेको छ । सारा नेपालीले धुर्मुस सुन्तलीको पक्षमा बोलिरहेका छन् । यस्तै डोजर लगाएर रंगशाला भत्काउने व्यक्तिहरु पक्राउ परिसकेका छन् ।

पक्राउ पर्ने १७ जनामध्ये एक रहेका सुरेन्द्र विककी श्रीमती अहिले मिडियामा आएकी छिन् । उनले वास्तवमा आफूहरुको डोजर लगाउने कुनै योजना नभएको बताएकी छिन् । उनले वास्तवमा रंगशाला बनाउँदा आफूहरुको बस्ती मासिने डरले त्यो ठाउँ नमिचिदिनको लागि धुर्मुस सुन्तलीलाई आग्रह गरिरहेको तर आफ्नो माग पुरा नभएपछि यो सब भएको बताइन् ।

उनले आफूहरुको योजना काम गरिरहेका कर्मचारीलाई केही दिनको लागि काम गर्न नदिने भएको तर केही व्यक्तिहरु आवेशमा आएर यो काम भएको बताइन् । उनले पटक पटक आफूहरुले आफ्नो बाटो नमास्नको लागि आग्रह गरिरहँदा पनि कसैले आफ्नो कुरा नसुनेपछि यो कदम स्थानीय बासीले उठाएका बताइन् । उनले रंगशाला बनाउन आफ्नोतर्फ बाट कुनैपनि रोकछेप नभएको बताइन् । तर उनले कमिशन खानको लागि र आफ्ना कर्मचारीलाई काम नदिएको कारण रंगशाला भत्काइयो भन्ने कुरा चाहिँ गलत भएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्