नाइट ड्युटीबाट फर्किदा श्रीमतीलाई परपुरुषसँग आपत्तिजनक अवस्थामा भेट्दा श्रीमानद्वारा हत्या



भारतको मध्यप्रदेशको इन्दौर शहरमा श्रीमतीलाई परपुरुषसँग आपत्तिजनक अवस्थामा भेट्दा श्रीमानले उक्त व्यक्तिको हत्या गरेका छन् ।

श्रीमान् नाइट ड्युटी गरेर घर फर्किँदा श्रीमतीलाई उनका प्रेमीसँग आपत्तिजनक स्थितीमा भेटेका थिए । निकै विवादपछि श्रीमानले श्रीमतीको प्रेमीलाई चक्कु घोपेर हत्या गरेको भारतीय मिडियामा प्रकाशित समाचारले बताएको छ । श्रीमानले श्रीमतीमाथि पनि हमला गरेको तर छिमेकी ब्यूँझिएपछि उनी बाँच्न सफल भएको समेत जनाईएको छ ।

घटना इन्दौर शहरको शीतल नगर इलाकाको हो जहाँ शेखर बघेल आफ्नी श्रीमती गीता यादवसँग बस्दथे । उनी बाणगंगामा रहेको एक कारखानामा नाइट सिफ्ट गर्दथे ।

शेखर गीताका तेस्रो श्रीमान् हुन् । अघिल्ला दुई श्रीमानबाट उनका तीन सन्तान छन् । ६ महिनाअघि गीताको गोबिन्द इलाकामा बस्ने २७ वर्षका राकेशसँग प्रेम बसेको थियो ।

गीताको भनाई उद्धृत गर्दै प्रहरीले भने, ‘शेखर बघेल बुधबार राती काममा जानेबित्तिकै गीताले आफ्ना प्रेमी राकेशलाई घरमा बोलाए । शेखर राती करिब साढे तीन बजे घर फर्किँदा घरमा राकेश र श्रीमतीलाई सँगै देखे । यो देखेर सुरुमा शेखरले गीता र उनका प्रेमी रोकेशलाई सम्झाए ।’ 

‘तर कुरा नमिलेपछि उनले एकाएक चक्कु ल्याएर राकेशमाथि हमला गरे । उनले राकेशमाथि तीन–चार पटक हमला गरे ।’

प्रहरी अधिकारी इन्द्रमणी पटेलका अनुसार शेखर आफू श्रीमतीमाथि चक्कु हमला गर्न चाहन्थे तर उनी यसरी चिच्याइन् कि छिमेकी ब्यूँझिए जसका उनी बच्न सफल भएकि छन् ।

शेखरलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको समेत प्रहरीले जानकारी दिएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्