चलचित्र ‘ए मेरो हजुर ३’ को नयाँ गीत रिलिज, ‘राधे कृष्ण’ भन्दै यसरी नाचिन् सुहाना (भिडियो)



१७ जेठ २०७६, काठमाडौँ

चलचित्र ए मेरो हजुर ३ ले बक्सअफिसमा निकै राम्रो पैसा छाप्न सफल भएको थियो । मेघास्टार अनमोल केसी र नव अभिनेत्री सुहाना थापाको अभिनय रहेको चलचित्रलाई दर्शकले निकै रुचाएका थिए ।

यतिबेला सुहाना र झरना विदेशमा पनि चलचित्रको प्रमोशनको लागि यूके पुगेका छन् । यस्तै चलचित्रले आउँदो आइतबार प्रदर्शनको ५१ दिन पनि पुरा गर्दैछ । यसैबीच चलचित्र टिमले चलचित्रको नयाँ गीत सार्वजनिक गरेको छ । चलचित्रमा समावेश राधे कृष्ण बोलको गीत अहिलेसम्म सार्वजनिक भएको थिएन ।

प्रतिक पौडेलको शब्द र संगीत रहेको राधे कृष्ण बोलको गीतमा प्रविशा अधिकारी र सुरज लामाको आवाज रहेको छ । यो गीतमा नायिका सुहाना थापा फिचर्ड छिन् । यहि गीतबाट चलचित्रमा नायिका सुहाना थापाको इन्ट्रि भएको देखाइएको छ । चलचित्र ए मेरो हजुर ३ ले ९ करोड भन्दा बढी ग्रस कलेक्सन गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्