प्रधानमन्त्री ओली र समकक्षी मोदीबीच भेटवार्ता



१७ जेष्ठ २०७६, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओली र भारतको नवनियुक्त प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता भएको छ ।

प्रधानमन्त्री मोदीको शपथ समारोहमा सहभागी जनाउन भारत पुगेका ओली र मोदीबीच आज हैदरावाद हाउसमा भेटवार्ता भएको हो ।

भेटमा दुबै नेताले द्वीपक्षीय सम्बन्धलाई राज्यस्तरमा र जनस्तरमा पनि अझै सुमधुर बनाउने प्रतिवद्धता व्यक्त गरेका भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री ओली आजै स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्