‘ए मेरो हजुर ३’ पछि के मा व्यस्त छन् अनमोल ? सुहानासँग फेरि सहकार्य नगर्ने !



१७ जेठ २०७६, काठमाडौँ

अनमोल केसी अहिलेका हटकेक नायक हुन् । पछिल्लो समयमा उनी अभिनीत ए मेरो हजुर ३ चलचित्र प्रदर्शनमा आएको थियो । चलचित्र ए मेरो हजुर घ लाई दर्शकले निकै रुचाएका थिए भने चलचित्रको इनिसियल व्यापार पनि निकै राम्रो भएको छ ।

ए मेरो हजुर ३ पछि अहिले अनमोल मिडियामा देखिएका छैनन् । अनमोलले ए मेरो हजुर ३ को प्रमोशनको समयमा अब आफू ६ महिनासम्म कुनैपनि चलचित्र साइन नगर्ने बताएका थिए । त्यसैले अहिले  उनी फुर्सदमा छन् । अहिले अनमोल के गर्दैछन् भनेर जान्न दर्शकलाई निकै उत्सुकता भैरहेको छ । अनमोल मिडियामा नआएको पनि धेरै समय भैसकेको छ ।

यस्तै दर्शकलाई अनमोलको अबको अर्को प्रोजेक्ट के होला भनेर पनि जान्न मन लागिरहेको छ । यस्तैमा झरनाले केहीसमय अघि आफ्नो, अनमोल र सुहानाको फोटो हाल्दै  मेरा भागवत र गिता भनेर लेखेकी थिइन् । यस हिसाबले पनि अनमोलको अर्को प्रोजेक्ट झरनाकै व्यानरमा हुने देखिएको थियो । तर अनमोलले यसबारे प्रतिक्रिया दिएका छैनन् । दर्शकले भने अनमोल र सुहानालाई पुन : एकपटक चलचित्रमा हेर्न मन गरेका छन् । के  एकपटक सँगै सहकार्य गर्लान्  त अनमोल र सुहाना ?

प्रतिक्रिया दिनुहोस्