सोलुखुम्बुको दुर्गम विद्यालयको अनुगमनमा न्यूजिल्याण्डकी पूर्व–प्रधानमन्त्री क्लार्क



१७ जेष्ठ २०७६, काठमाडौं

न्यूजिल्याण्डकी पूर्व–प्रधानमन्त्री हेलेन क्लार्कले सालुखुम्बुस्थित विभिन्न विद्यालयहरुको अनुगमन गरेकी छिन् ।

क्लार्कले आज सोलखुम्बुका विभिन्न दुर्गम स्थानहरुमा रहेका विद्यालयहरुको अनुगमन गरेकी हुन् ।

न्यूजिल्याण्डमा सन् १९९९ देखि २००८ सम्म प्रधानमन्त्री रहेकी क्लार्क न्यूजिल्याडका नागरिक सर एडमण्ड हिलारीले स्थापना गरेको हिमालयन ट्रष्टले गरिरहेको कामको अनुगमन गरेकी हुन् ।

विशिष्ट व्यक्तिको अनुगमनपछि जिल्लाको शैक्षिक सुधारका लागि थप बल पुगेको सोलुखुम्बुस्थित विभिन्न विद्यालयका शिक्षकहरुले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्