गोकर्णेश्वर नगरपालिकाद्वारा लमजुङ घले गाउँको ‘होम स्टे’ अध्ययन तथा अवलोकन हुँदै



१७ जेठ २०७६, काठमाडौं

गोकर्णेश्वर नगरपालिका वडा नं ४ बाट होम स्टे अध्ययन तथा अवलोकन गर्ने उदेश्यका साथ वडा सदस्य जयराम महतको संयोजकत्वमा गोनपा उप–प्रमुख शान्ति नेपाल सहितको टोली लमजुङको घले गाउँ जाने तयारीमा रहेका छन् ।

उक्त दुई दिने अध्ययन तथा अवलोकन भ्रमणका क्रममा लमजुङका विभिन्न पर्यटकीय स्थलहरुको अध्यन गर्नुको साथै स्थानीय तह सँग अन्तरक्रिया समेत गर्ने आयोजकले बताएको छ ।

स्थानीय स्तरमा आय आर्जन गर्न प्रेरित गर्ने उदेश्यले संचालित ५ दिने तालिम अन्तर्गत अध्ययनका लागि गएको टोलीमा कर्मचारी प्रशिक्षक र प्रशिक्षार्थीहरु र जनप्रतिनिधि सहित ४० जना सहभागी रहेका छन् ।

पर्यटन प्रवद्र्धन विकासको प्रचुर सम्भावना बोकेको उक्त वडाले ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई लक्षित गरि आयोजना गरेको भ्रमणमा सहभागी हरुलाई वडा गोनपा ४ का वडाध्यक्ष कुमार श्रेष्ठले बिदाइ गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्