किम जोङले दिए आफ्ना पाँच अधिकृतलाई मृत्युदण्डको सजाय



१७ जेष्ठ २०७६, काठमाडौं

गत फेब्रुअरीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्ता असफल भएपछि उत्तर कोरियाली नेता किम जोङले आफ्नो ५ अधिकृतलाई मृत्युदण्डको सजाय दिएका छन् ।

यो समाचार हालसालै दक्षिण कोरियाको एक पत्रिका ‘चोसन ईल्बो’ले खुलासा गरेको हो । ‘उनीहरुलाई फायरिङ्ग स्क्वाडको अगाडी राखी गोलीले उडाईएको थियो ।’ रिपोर्टमा भनिएको छ । मारिनेमा उत्तर कोरियाको अमेरिकास्थित विशेष प्रतिनिधिसमेत सामेल छन् ।

रिपोर्टका अनुसार ट्रम्पसँगको बैठक तय गर्ने विशेष प्रतिनिधि किम ह्योक चोलले धोका दिएकोमा दोषी ठहर गरिएको हो । भियतनाममा भएको दुई नेताको बैठकपछि चोल किमसँगै थिए ।

उनलाई एउटा एयरपोर्टमा विदेश मन्त्रालयका चार वरिष्ठ अधिकारीसँगै गोली हानेर मारिएको हो । पत्रिकाले मारिएका अन्य अधिकृतको नाम खुलाएको छैन ।

किमले यसअघि पनि सरकारका कयौँ अधिकारीलाई मारिसकेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्