१८ जेठ २०७६, काठमाडौं
हेटौंडा बजारस्थित इलेक्ट्रोनिक सेन्टरका सञ्चालक उमेश घिमिरेले सुन्दै अचम्म लाग्नेगरी गरेको चोरीको नाटक विफल भएको छ । आफ्नै पसलको समान र नगद लुकाएर चोरी भएको भन्दै बिमा असुल्न घिमिरेले रचेको नाटकीय योजना प्रहरीले विफल पारेको हो ।
घटना जेठ ८ गरेको हो । हेटौंडा बजारमै रहेको घिमिरे इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक सेन्टरमा अचानक चोरीभन्दै प्रहरीमा उजुरी पर्यो । सञ्चालक घिमिरेले पसलमा चोरी भएको भन्ने हल्ला फिँजाई पत्रकार सम्मेलनमार्फत मिडियाबाजीसमेत गरेका थिए ।
जेठ ११ गते उमेशका दाजु रुद्रप्रसाल घिमिरेले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा चोरीको विवरणसहित निवेदन दिए ।
सनराइज बैंकबाट ५० लाख रुपैयाँ ऋण चाँडै तिर्न बारम्बार दबाव आएपछि घिमिरेले पसलको बिमा गरी चोरीको प्रपञ्च रचेका थिए । यो समाचार आजको नागरिक दैनिकमा अशोकसुजन श्रेष्ठले लेखेका छन् ।