१८ जेष्ठ २०७६, काठमाडौं
सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आफुले बोलेको कुरा नयाँ नभएको बताएका छन् ।
उनले शनिबार विहान विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै यस्तो बताएका हुन् ।
केही दिन अगाडी टेलिभिजनको एउटा अन्तरवार्तामा आफुले गरेको कुरा नयाँ नभएको दावी गरेका हुन् ।
“ टेलिभिजनमा मैले बोलेको कुरा त्यत्ति नयाँ होईन । यसलाई त्यत्ति उचाल्नु जरुरी छैन ।” उनले भने ।
अध्यक्ष प्रचण्डल आलोपालो सरकारको नेतृत्व गर्ने विषयमा सहमति भएको र आफुले त्यहिँ सहमतिमा आधारित रहेर बोलेको स्पष्ट पारे ।
साथै उनले मिडियाहरुले यो विषयलाई बढि नउचाल्नुसमेत आग्रह गरे ।