दक्षिण अफ्रिकाको मन्त्रीपरिषद्मा पहिलो पटक ५० प्रतिशत महिला



१८ जेष्ठ २०७६, काठमाडौं

दक्षिण अफ्रिकामा पहिलो पटक ५० प्रतिशत महिला सहभागीता सहितको पन्त्रीपरिषद् घोषणा भएको छ ।

राष्ट्रपति सिरिल रामाफोसाले आफ्नो नयाँ मन्त्रीमण्डलमा ५० प्रतिशत महिलालाई पनि स्थान दिएका हुन् ।

त्यहाँको यो पहिलो घटना हो, जहाँ मन्त्रीपरिषद्मा ५० प्रतिशत महिलाहरु अटाएका छन् ।

गत ८ मेमा अफ्रिकन नेशनल कांग्रेस पार्टीले आम चुनावमा जित हासिल गरेको थियो ।

मन्त्रीमण्डलमा ५० प्रतिशत महिलालाई स्थान दिएसँगै सर्वसाधारणले यस कार्यको गुणगान गाएका छन् ।

प्रतिक्रिया दिनुहोस्