विश्वकपमा गेलले बनाए नयाँ किर्तिमान



१८ जेष्ठ २०७६, काठमाडौं

इङ्ग्ल्याण्डमा जारी क्रिकेट विश्वकपमा वेष्ट इन्डिजका खेलाडी क्रिस गेलले नयाँ कीर्तिमान बनाएका छन् ।

शुक्रबार पाकिस्तानविरुद्ध अर्धशतक प्रहार गरेसँगैं गेलले नयाँ कीर्तिमान बनाएका हुन् । उनले पाकिस्तानविरुद्धको खेलमा विश्वकपमा सबैभन्दा बढी छक्का हान्ने कीर्तिमान आफ्नो नाममा खेलाउन सफल देखिए ।

उनले पाकिस्तानविरुद्ध आफ्नो अर्धशतकीय पारीमा तीन छक्का हिर्काए । ३९ वर्षीय गेलले यस म्याचमा ३४ बल खेल्दै ५० रन बनाए । पाकिस्तान १०५ रनमै समेटिएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्