खुम्बु पासाङ ल्हामु पर्यटकीय गाउँपालिका घोषित



१८ जेष्ठ २०७६, काठमाडौं

सोलुखुम्बुस्थित खुम्बु पासाङ ल्हामु गाउँपालिका पर्यटकीय गाउँपालिका घोषणा भएको छ ।

गाउँपालिकालाई प्रदेश नम्बर १ को आर्थिक बर्ष २०७५/७६ को बजेट वक्तव्यमा घोषणा गरेबमोजिम पर्यटकीय गाउँपालिका घोषणा गरिएको हो ।

शुक्रबार विराटनगरमा आयोजित दोस्रो प्रदेश समन्वय परिषद् बैठकमा प्रदेशका मुख्यमन्त्री शेरधन राईले गाउँपालिका अध्यक्ष ङिम दोर्जि शेर्पालाई पर्यटकीय गाउँपालिकाको प्रमाण–पत्र र पुरस्कारस्वरुप ५० लाखको चेक हस्तान्तरण गरेका हुन् ।

नेपाललाई विश्वमा परिचित गराएको सगरमाथा अवस्थित गाउँपालिका खुम्बु पासाङल्हमु गाउँपालिकाले नेपालको पर्यटनमा महत्वपूर्ण भूमिका खेलेको भन्दै मुख्य मन्त्री राईले पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनमा प्रदेश सरकार लागिपरेको बताए ।

हस्तान्तरित चेक

 

प्रतिक्रिया दिनुहोस्