देश भित्रै छ्यापछयाप्ति जयशंकरहरु छन्, दिल्लीका जयशंकरको धेरै चिन्ता गर्नै पर्दैन: योगेश भट्टराई



१८ जेष्ठ २०७६, काठमाडौं

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का स्थायी समिति सदस्य योगेश भट्टराईले देशभित्रै छ्यापछ्याप्ती जयशंकरहरु भएको बताएका छन् ।

नेपालमा २०७२ सालमा भारतले लगाएको नाकाबन्दीको प्रमुख डिजाइनर भनेर चिनिने एस जयशंकर नरेन्द्र मोदीको नयाँ सरकारमा विदेशमन्त्री भएपछि उनको चर्चा नेपालमा पनि बढेको हो ।

यसै सन्दर्भमा नेता भट्टराईले ट्वीटमार्फत यस्तो विचार व्यक्त गरेका हुन् ।

उनले ट्वीटमा लेखेका छन् ।
“देश भित्रै छ्यापछयाप्ति जयशंकरहरु छन्, उनीहरुलाई सच्याऔं । दिल्लीका जयशंकरको धेरै चिन्ता गर्नै पर्दैन !”

नेपालमा ४ वर्षअघि नयाँ संविधान जारी गर्ने अन्तिम तयारीका बेला मोदीको विशेष दूतका रुपमा जयशंकर काठमाडौं आएका थिए ।

प्रतिक्रिया दिनुहोस्