१८ जेष्ठ २०७६, काठमाडौं
राष्ट्रिय खेलकूद परिषद् र नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक उमेश पटवालबीच औपचारिक सम्झौता भएको छ ।
परिषद् कार्यालयमा भएको सहमतिमा राखेप सदस्य केशवकुमार विष्ट र प्रशिक्षक पटवालले हस्ताक्षर गरेका छन् ।
सभ्झौता एक वर्षको लागि गरिएको छ । प्रशिक्षक पटवालले मासिक ७ अमेरिकी डलर पारिश्रमीक पाउने छन् । जसमा पारिश्रमीक आईसीसीले पठाउने र राखेपले प्रदान गर्ने छ ।
नेपालमै साग हुन लागेको र त्यसमा क्रिकेट समावेश भएकोले आईसीसीसँग प्रशिक्षक पठाउन अनुरोध गर्दा पटवाललाई पठाएको विष्टले बताए ।