१४ वर्षको अन्तरालपछि च्याम्पियन्स लिगको उपाधी लिभरपुललाई



१९ जेष्ठ २०७६, काठमाडौं

क्लब लिभरपुलले १४ वर्षको अन्तरालपछि च्याम्पियन्स लिगको उपाधी उचालेको छ ।

आईतबार भएको खेलमा लिभरपुलले प्रतिद्वन्दी टोटमह्यालाई २–१ ले पराजित गर्दै ऐतिहासिक जित निकालेको हो ।

यस जितसँगैं लिभरपुलले छैंठौ पटक च्याम्पियन्स लिगको उपाधी जितेको छ ।

निकै प्रतिस्पर्धात्मक रुपमा सुरु भएको खेलको दोस्रो मिनेटमै लिभरपुलले प्यालन्टीबाट गोल गर्न सकेको थियो । टोटमह्यामका खेलाडीले ‘डी एरीया’भित्र ह्याण्ड गरेपछि पाएको प्यानल्टीले लिभरपुलको भाग्य चम्काउन सहयोग गर्यो ।

बराबरीलाई जोड दिईरहेको टोटमह्याले खेलको पहिलो आधामै १ गोल गर्न सक्यो ।

पहिलो आधा बराबरीमा सकिएको खेलको दोस्रो आधामा भने टोटमह्याम शून्यमै सीमित हुँदा लिभरपुलले भने १ गोल गर्दै आफुलाई अद्धितीय तुल्यायो ।

यससँगै लिभरपुलले १४ वर्षपछि युरोपियन उपाधि घर फर्काउन सफल भएको छ ।

उसले यसअघि सिजन २००४/०५ मा एसी मिलानलाई पराजित गरेर यो उपाधी आफ्नो पोल्टामा पारेको थियो ।

प्रतिक्रिया दिनुहोस्