नेकपा प्रवेशपछि पोलिटब्यूरो सदस्य पदम राई परे कारबाहीमा(विज्ञप्ती सहित)



१९ जेष्ठ २०७६, काठमाडौं

‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य पदम राई कारबाहीमा परेका छन् ।

राईलाई सत्तारुढ पार्टीमा प्रवेश गरेको भन्दै कारबाही गरिएको हो ।

आईतबार नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले एक विज्ञाप्ती जारी गर्दै पार्टीविरुद्धको गतिविधिमा संलग्न रहेको भन्दै राईलाई कारबाही गरेका हुन् ।

“रुपान्तरण र उपचारको अथक प्रयास गर्दागर्दै असम्भव भएपछि र पार्टी नीति र कार्यक्रमको विरुद्ध गएपछि गत स्थायी समिति बैठकले निलम्बन गरेका पदम राई झन् झन् पार्टीको विरुद्ध अन्तरध्वंस र अपराधपूर्ण कार्यमा संलग्न भएकाले साधरण सदस्य समेत नरहने गरी निष्काशन गरिएको छ ।” विज्ञप्तीमा भनिएको छ ।

राई आईतबार एक कार्यक्रमबीच सत्तारुढ नेकपामा प्रवेश गरेका थिए ।

विज्ञप्ती

प्रतिक्रिया दिनुहोस्