इयरफोन लगाएर बाइक चलाइरहेका युवकलाई ट्रकले ठक्कर दियो, श्रीमतीलाई भिडियो कल गरेर अन्तिम सास फेरे



भारतको बेगूसरायको नेशनल हाइवे–२८ मा एक युवकलाई ट्रकले ठक्कर दियो । ठक्कर पछि सडकमा खसेका उनलाई ट्रकको पाङ्ग्राले कुल्चिँदा उनको एउटा खुट्टा तिघ्राबाटै छिन्यो । आफ्नो स्थिती देखाउन उनले श्रीमतीलाई भिडियो कलसमेत गरे ।

प्रत्यक्षदर्शीका अनुसार युवकले इयरफोन लगाइरहेका थिए जसका कारण उनले ट्रकको हर्न सुनेनन् । दुर्घटनापछि बेहोस भएका उनलाई पुलिसले बेगूसरायस्थित अस्पताल पुर्याए तर उनलाई बचाउन सकिएन ।

सालोको श्राद्धमा गइरहेका थिएः
युवकको पहिचान राजाराम पण्डितको रुपमा भएको छ । पण्डित आफ्ना सालोको श्राद्धमा उपस्थित हुन ससुराली हिडेका थिए । घटनास्थलमा पुगेका परिवारका सदस्यका अनुसार राजरामको विवाह तीन वर्ष अघि भएको थियो उनकी सात महिनाकी छोरी छिन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्