प्रधानमन्त्री ओली यूरोपको साताव्यापी भ्रमणमा जाँदै



१९ जेष्ठ २०७६, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओली एक साता लामो यूरोप भ्रमणमा जाने भएका छन् ।

प्रधानमन्त्री ओली आगामी २५ जेष्ठदेखि एक साता लामो यूरोपको भ्रमणमा जान लागेका हुन् । ‘उनी यूरोपका कन्ट्रीहरु स्वीट्जरल्याण्ड, फ्रान्स र वेलायत घुम्ने कार्यक्रम रहेको छ’,परराष्ट्र मन्त्रालयले भनेको छ ।

“प्रधानमन्त्री ओली २५ जेष्ठमा स्वीट्जरल्याण्डको जेनेभामा हुने अन्तराष्ट्रिय श्रम संगठनको साधारणसभामा उपस्थित हुने छन् । त्यस्तै २७ जेष्ठमा वेलायतको अक्फोर्ड विश्वविद्यालयलाई सम्बोधन गर्ने र २९ जेष्ठमा फ्रान्समा उच्चस्तरीय भेटघाट गर्ने छन्” परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने ।

प्रधानमन्त्री ओली १ अषाढमा स्वदेश फर्कने छन् ।

प्रतिक्रिया दिनुहोस्