नेमारलाई यौन उत्पीडनको आरोप



१९ जेष्ठ २०७६, काठमाडौं

विश्व फुटबलका खेलाडी तथा ब्राजिलियन स्टार नेमारलाई यौन उत्पीडनको आरोप लागेको छ ।

नेमारलाई होटलमा एक महिलामाथि यौन दुर्व्यवहार गरेको भनि आरोप लगाईएको हो । नेमारमाथि यौन उत्पीडनको आरोप लगाउने महिलाको परिचय भने खुल्न सकेको छैन ।

यसबारे नेमार र उनका प्रतिनिधिले भने केही बोलेका छैनन् । नेमारका बाबु नेयरमा डस सान्तोषले भने यो एक फसाउने चाल भएको बताएका छन् ।

नेमार हाल कोपा अमेरिकाको अभ्यास खेलमा व्यस्त छन् ।

प्रतिक्रिया दिनुहोस्